यो स्थल गौतम बुध्दको जन्मस्थल लुम्बिनीबाट करिब ३२ कि मि को दूरीमा छ । यही स्थलमा कनकमुनी बुध्दले बुध्दको ज्ञान पाएका थिए । यहाँ अशोक स्तम्भ दुई टुक्रामा रहेको अवस्थामा छ । विभक्त अशोक स्तम्भ १४ फिट ९ इन्च लामो माथिल्लो टुक्रालाई जमिनमा गाडिएर रहेको अभिलेखसहितको पहिलो टुक्रा भएको स्थानमा मन्दिरभित्र संरक्षण गरिएको छ ।
सम्राट अशोकले २४९ ई पू मा यस स्थलको भ्रमण गरे र सम्राट अशोकले कनकमुनी बुध्दको स्तूपालाई ठूलो बनाए । राजा अशोक राज्याभिषेकको चौधौं वर्षमा कनकमुनीको स्तूपा दोस्रो पटक बढाउन लगाए र २० औँ वर्षमा आफै यस स्थानमा आई पूजा अर्चना गरेर यो स्तम्भ खडा गरेका थिए ।