कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवा बजारदेखि दक्षिण पश्चिमको चार किलोमिटर र कुदान अर्थात् निग्रोधरामबाट दुई किलोमिटर पश्चिम गोटिहवा गाउँको खुला र हरियालीको बिचमा रहेको छ अशोक स्तम्भ । जुन क्रकुच्छन्द बुद्धसँग सम्बन्धित रहेको छ ।

सम्राट् अशोकको धर्मयात्रामा सर्वप्रथम सम्राट् अशोक बुद्धको जन्मस्थल लुम्बिनीको दर्शन गर्न आएका थिए । आफ्नो पूर्वजहरूका बारेमा बुद्धद्वारा दिर्घनिकाय महापदान सुन्तमा देशना गरेको विषयलाई सम्झँदै कपिलवस्तु क्षेत्रमा रहेको कोणागमन बुद्धसँग सम्बन्धित निग्लिहवा र क्रकुच्छन्द बुद्धसँग सम्बन्धित गोटिहवामा पुगी आफ्नो श्रद्धा व्यक्त गरेका थिए ।